धनगढी, १४ साउन / डेढ महिनादेखि बेपत्ता रहेकि युवतीको शव फेला परेको छ । कैलालीको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो ।
उनको शव आज (आइतवार) फेला परेको प्रहरीले जनाएको छ । उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन् । प्रहरी अहिले घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।