धनगढी, १३ साउन ÷ कैलालीको मोहन्याल गाउँपालिका ७ को पितभमारीमा होटलमा यौन धन्दा गराएको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले होटलमा यौन धन्दा गराउने चार युवती र ६ जना पुरुषलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । प्रहरीले मितमारी क्षेत्रका २(३ होटलमा छापा हानेर उनीहरुलाई नियनत्रणमा लिएको हो ।