डडेल्धुरा, ११ साउन ÷ डडेल्धुरामा बुधबार रातिदेखि हराइरहेकी युवती मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएकी प्रहरीले जनाएको छ ।
उनी घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत भेटिएकी हुन् । साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत थिइन् ।
मृतकका परिवारले घटना शंकास्पद भएकाले सत्य तथ्य छानविन गर्नुपर्ने माग गरेका हुन् । प्रहरीको टोली घटनास्थलमा पठाइएको छ ।