धनगढी, ९ साउन ÷ कोरोना महामारीका बेला निर्माण भएका संरचना प्रयोग बिहिन बन्दै गएका छन्। बिश्वब्यापी कोरोना महामारीका बेला सुदूरपश्चिममा निर्माण भएका संरचनाहरु अहिले प्रयोग बिहिन बनेका हुन् ।
कोरोना नियन्त्रण तथा रोकथामका लागी निर्माण गरिएका आइसोलेशन र होल्डिङ सेन्टर कोरोना प्रयोप नियन्त्रण संगै प्रयोग बिहिन बनेका हुन्।सुदूरपश्चिम प्रदेशमा संघ, प्रदेश र स्थानिय तहले कोरोना नियन्त्रण तथा रोकथामका लागी करोडौँ रकम खर्च गरेका थिए । कोरोना नियन्त्रण तथा रोकथामका लागी बिभिन्न उपकरण खरिद तथा संरचना निर्माणमा तिनै तहका सरकारले करोडौँ रकम खर्च गरेका थिए। कोरोना कहर रोकथाम तथा नियन्त्रणका लागी खरिद गरेका उपकरण तथा निर्माण गरेका संरचना कोरोना नियन्त्रण संगै प्रयोग बिहिन बनेका हुन्।
कैलाली र कञ्चनपुरका सिमा क्षेत्रमा निर्माण गरिएका होल्डिङ सेन्टरहरु हस्तान्तरण नै भएका छैनन्, भने सरकारले निर्माण गरेका आइसोलेशन भवनहरुपनि अहिले प्रयोग बिहिन बनेका छन्। २८ करोड बढी लागतमा धनगढी उपमहानगरपालिका ३ मा निर्माण गरिएको होल्डिङ सेन्टर हालसम्म हस्तान्तरण हुन सकेको छैन, भने कञ्चनपुरको भिमदत्त नगरपालिकामा २९ करोड बढी लागतमा बनेको होल्डिङ सेन्टरपनि हस्तान्तरण हुन सकेको छैन। संघ सरकारको करिब ६० करोड लागतमा बनेका यि दुई होल्डिङ सेन्टरलाई सरकारले प्रयोगमा ल्याउन नसक्दा करोडौँ लागानी खेर गएको गुनासो बढेको छ।