धनगढी , ७ साउन ÷ कैलाली जिललाको गोदावरी नगरपालिका वडा नबर १२ स्थित रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक वनमा भएको वन फँडानीबारे छानबिन गर्न मन्त्रालयका उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरेको हो ।
यसअघि उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।
सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको हो ।