बैतडी, ६ साउन ÷ भारतको धौलीगंगा बाँध पुनः खोलिएको छ । शनिवार बिहान ५ बजेदेखि बाँध खोलिएको हो ।बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढेको छ । शनिवार बिहान ५ बजेदेखि भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ।
बाँध शनिवार बिहान ५ बजेदेखि खुलेको र बेलुका ८ बजेसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिने गरेको छ ।
बाँध खोलिएको समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे।