धनगढी, ३ साउन ÷ धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गराउन सघियं मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।
धनगढी उपमहानगर पालिकाले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यकर्मी कर्मचारीहरुलाइ हाजिर गर्न नदिइ सम्बन्धि स्थानीय तहमा नै फिर्ता जान जानका लागि परिपत्र गर्दै हाजिर गर्न दिएको थिएन ।
सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन ऎन २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भइ कार्यरत रहेका कर्मचारीहरुलाइ कतिपय स्थानीय तहले हाल विभिन्न बहानामा फिर्ता पठाइएको बुझिन आयको छ ।
प्रचलित कानुनी व्यवस्था बमोजिम समायोजन भएका कर्मचारीहरु लाई उक्त कानुनी व्यवस्था प्रतिकुल हुने गरि फिर्ता गर्न नमिल्ने भएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराइ व्यवस्थापन गर्नु हुन यश मन्त्रालयको मिति २०८०र०४ र०२ को निर्णयानुसार अनुरोध छ भनी पत्राचार गरेको छ ।
यो परिपत्रले धनगढी उपमहानगर पालिका लाई आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई हाजिर गराउन बाध्य पारेको छ ।