धनगढी, ८ जेठ/२५० बर्षसम्म नेपालमा शासन गरेको राजा शासन जनआन्दोलन २ मार्फत फालेको फेरी त्यही व्यबस्थाको माग गर्दैै धनगढीमा नाराबाजी भएको छ । पुर्व राजपरिवार ज्ञानेन्द्रबिर बिक्रम शाह सहितको टोली सोमबार कैलाली आईपुगेको थियो । पुर्वराजा ज्ञानेन्द्र संगै बुहारी हिमानी शाह लगाएतको टोली आएको थियो ।
कैलालीको प्रबेश द्वारा चिसापानी देखी नै ठाँउ ठाँउमा स्वागत कार्यक्रम गर्दै ¥याली सहित पुर्वराजाका समर्थकले सोमबार धनगढीको रुवस होटलमा पुगाए । नागरिक अभिनन्दन गर्दैका नाममा बिभिन्न कार्यक्रम पनि राखिए । मंगलबार धनगढीको रंगशालामा बृहत नागरिक अभिनन्दन कार्यक्रम मार्फत पुर्व राजाले सम्बोधन गरेका थिए ।
अभिनन्दन कार्यक्रममा सहभागि नागरिकहरुले –“गणतन्त्र मुर्दाबाद, आउ राजा आउ, देश बचाउ” नारा लगाए । नागरिकहरुको उल्लेखिए सहभागिता रहेको कार्यक्रमका सहभागिहरु अहिलेको राजनीतिक व्यबस्था प्रति वाक्कदिक्क भएर त्यहाँ समर्थकहरुको भिड भएको एक सहभागिले बताए ।
सम्बोधनमा भनेका थिए–‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ’, शाहले भने, ‘देशभित्र बसौँ, पसिना बगाऔँ, आफ्नो पौरखले देश बनाऔँ भन्ने भावना हराउदै गएको छ । के नयाँ भनेको यही हो ? नेपालको आफ्नो अस्तित्व छैन ?’ नेपाली स्वाभिमान, वीरता, श्रम, सीप सबै खोसिएको त छैन भन्ने प्रश्न गर्दै उनले यस्ता दृष्यले सबैको आँखा रसाएको टिप्पणी पनि गरे । पछिल्लो समय सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको बताउदै शाहले गम्भीर भएर सोच्ने बेला आएको पनि उल्लेख गरेका छन् ।
‘सोझासाझा जनतालाई झुक्याउने काम भइरहेको छ । आफ्नै प्रपञ्च खुल्दै गइरहेका छन् । अहिलेको युग विकास र प्रविधिको युग भएकाले आफ्नै स्वतन्त्र संस्थाद्धारा युगान्तकारी परिवर्तन चाहान्छौं’, शाहले भने, ‘सोच्ने बेला आएको छ, कस्तो राष्ट्रिय दृष्टिकोण, परिपाटी अंगाल्ने ? देश भन्दा ठूलो केही हुँदैन । सोचौं दिलैदेखि सोचौँ, गम्भीर भएर सोचौँ ।’ शाहले नेताहरुले देशका समस्यालाई नदेखेको र नसुनेको जस्तो गरिरहेको समेत बताए । ‘देशका समस्यालाई नदेखेको, नसुनेको जस्तो गरेर, बटारिएर, निषेध गरेर कोठे र ओठे जवाफ फर्काउने काम भइरहेको छ’, शाहले भने । शाहले सुदूरपश्चिमका विभिन्न जिल्लामा विगतमा सञ्चालनमा रहेका कलकारखाना तथा साना उद्योगहरु कता बिलाए, किन हराए भन्ने प्रश्न समेत गरे । धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रश्न गरेका छन्, “सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै आएको छ ।” उनले नयाँ नेपालप्रति पनि कटाक्ष गरेका छन् ।
“के नयाँ नेपाल भनेको यही हो ,” उनको प्रश्न छ, “के अग्रगामी भनेको परावलम्बी नेपाल हो रु के नेपालको आफ्नो अस्तित्व छैन रु हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन र ?”