धनगढी, २ जेठ/काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले डडेल्धुराको उग्रतारा मन्दिरमा मुकुट लगायतका सामग्री चोरी भएको घटना छानविन गर्न माग गरेकी छन् ।
डा. राणाले सुदुरपश्चिमको धार्मिक स्थल उग्रतारा मन्दिरमा मुकुट लगायतका सामग्री चोरी भएको घटना निन्दनीय भएको बताउदै बैशाख ३० गतेको यो घटनामा संलग्न अझै कानुनी दायरामा नल्याएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
चोरीमा संलग्न पत्ता लगाइ कडा कारबाहीका लागि स्थानीय प्रहरी–प्रशासन डा. राणाले माग गर्दै धार्मिक सम्पदाको जगेर्नाका लागि सजक रहन जिल्लावासीलाई समेत आग्रह गरेकी छन् ।