धनगढी १० मंसिर । सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेकोे आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । हरेक बर्ष धनगढीमा मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुदै आएको छ ।
प्रदेशको व्यापार, पर्यटन, औद्योगिक सम्भावनाको प्रबद्र्धन गर्ने र संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने महोत्सवको संघले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेका जनाएको हो ।
महोत्सवमा सबै करिव तिन सय वटा स्टलहरु रमाईलो मेला, व्यापारिक र बाँकीमा कृषि, होटल रेष्टुरेन्ट रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । यो वर्षको महोत्सव करिब तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
अध्यक्ष कुँवरले एक करोडको लगानीमा महोत्सव आयोजना गरिरहेको र तीन लाख जनाले महोत्सव अवलोकन गर्ने आशा गरिएको बताए ।
महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई विशेष प्रोत्साहन गर्ने नीति लिएको संघका महासचिव ओम बिष्टले जानकारी दिए ।
महोत्सव अवधिभरि करिब एक करोड दुई लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक काराबार हुने संघले जनाएको छ । यसैगरी, महोत्सव आयोजनाका लागि ६३ लाख ९० हजार रुपैयाँ खर्च हुने जनाइएको छ । महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढाइएको संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले जानकारी दिए । महोत्सब सफल पार्न बिभिन्न २६ उपसमिति समेत गठन गरेको छ ।
यस्तो बनेका छन् बिभिन्न उपसमितिहरु ।

