धनगढी, १० मंसिर- निर्माण व्यवसायीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीमा धर्ना दिएका छन् । सरकारसँग भएको सहमती कार्यान्वयन नआएको भन्दै व्यवसायीहरुले धर्ना आधा घण्टा धर्ना दिएका हुन् । उनीहरुले सार्वजनिक खरिद नियमावली संसोधन हुनुपर्ने, समयमै भुक्तानी दिइनुपर्ने लगायत १६ बुँदे माग सरकार समक्ष राखेका छन् ।
निमार्ण व्यवसायी संघका केन्द्रिय सदस्य विरबहादुर साउँदले व्यवसायीको ढाड सेक्नेगरी ऐन ल्याएको भन्दै बाध्य भएर आन्दोलनमा जानु परेको बताए । सरकारले काम गराए पनि भुक्तानी दिन आलटाल गरीरहेको बताउँदै व्यवसायीहरुले आफुहरुको सुरक्षाको ग्यारेन्टी समेत हुन नसक्दा आन्दोलनमा जानुपरेको बताएका छन् ।
व्यवसायीहरुले सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय अगाडि पनि मंगलबार नै धर्ना दिएका थिए । निर्माण व्यवसायी संघले यस अघि विभिन्न १६ बुँदे माग राख्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको थिए ।