धनगढी, २१ कात्तिक । नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुईसय रुपैयाँले घटेको छ ।
गत कारोबार दिन आइतबार तोलामा ९४ हजार पाँचसय रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।यस्तै, चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । गत कारोबार दिन तोलामा १ हजार २७५ मा कारोबार भएको चाँदी आज १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।