धनगढी, १६ असोज / कैलालीको गौरीगङ्गा नगरपालिकाका तीन विद्यालयमा गरिएको मुटु परीक्षणका क्रममा २३ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या देखिएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीको समन्वय तथा गौरीगङ्गा नगरपालिकाको सहयोगमा तीन विद्यालयका विद्यार्थीको मुटु परीक्षण गरिएको हो।
गौरीगङ्गा नगरपालिका–स्थित मालिका माध्यमिक विद्यालयबाट मुटु परीक्षण अभियान सुरु गरिएको थियो। नगर प्रमुख देवीदत्त कडेलको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको थियो। उक्त विद्यालयका १ हजार ६३ जना विद्यार्थीको मुटु परीक्षण गर्दा १२ जनामा मुटुसम्बन्धी समस्या देखिएको बाल मुटुरोग विशेषज्ञ डा। उर्मिला शाक्यले जानकारी दिइन्।
गौरीगङ्गाका तीन विद्यालयमा २३ विद्यार्थीमा मुटुसम्बन्धी समस्या पहिचान
जमुना न्युरे
धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाका तीन विद्यालयमा गरिएको मुटु परीक्षणका क्रममा २३ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या देखिएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीको समन्वय तथा गौरीगङ्गा नगरपालिकाको सहयोगमा तीन विद्यालयका विद्यार्थीको मुटु परीक्षण गरिएको हो।
गौरीगङ्गा नगरपालिका–स्थित मालिका माध्यमिक विद्यालयबाट मुटु परीक्षण अभियान सुरु गरिएको थियो। नगर प्रमुख देवीदत्त कडेलको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको थियो। उक्त विद्यालयका १ हजार ६३ जना विद्यार्थीको मुटु परीक्षण गर्दा १२ जनामा मुटुसम्बन्धी समस्या देखिएको बाल मुटुरोग विशेषज्ञ डा। उर्मिला शाक्यले जानकारी दिइन्।
त्यस्तै, गौरीगङ्गा नगरपालिका–१ मङ्गलपुरस्थित पशुपति माध्यमिक विद्यालयका ५ सय १२ विद्यार्थीको परीक्षण गर्दा चार जना र वडा नम्बर ८ लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका १ हजार २ सय ९० विद्यार्थीको परीक्षण गर्दा सात जनामा मुटुसम्बन्धी समस्या देखिएको डा। शाक्यले बताइन्।
तीन विद्यालयमा गरी २ हजार ८ सय ६५ विद्यार्थीको मुटु परीक्षण गरिएको हो। परीक्षणका क्रममा केही विद्यार्थीमा मुटुको भल्बसम्बन्धी समस्या तथा जन्मजात रूपमा मुटुमा प्वाल रहेको जस्ता समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।
वरिष्ठ कन्सल्टेन्ट मुटुरोग सर्जन डा। प्रेमराज वैद्यका अनुसार बालबालिकामा देखिने मुटुरोग जन्मजात हुनसक्छ भने कतिपय अवस्थामा पछि पनि विकास हुन सक्छ। त्यसैले समयमै स्वास्थ्य परीक्षण गरी समस्या पहिचान गर्न आवश्यक रहेको उनले बताए ।
विद्यालय तहदेखि नै बालबालिकाको मुटु परीक्षण र मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिइन्। हरेक जिल्लाका जनस्वास्थ्य कार्यालयमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्न सके बालबालिकामा रहेका मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न सकिने उनको भनाइ छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा। सत्यनारायण सुवालले वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने क्रममा कतिपय व्यक्तिमा मुटुसम्बन्धी समस्या पत्ता लाग्ने गरेको उल्लेख गर्दै नेपालमै मुटुरोगको उपचार तथा शल्यक्रिया सेवा विस्तार गर्न आफूहरू अभियानमा रहेको बताइन्। मुटुरोगसम्बन्धी उपचार र जनचेतना विस्तारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलगायतका संस्थाबाट काम भइरहेको उनले बताए ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ ९ काडियोलोजिस० डा। अञ्जेल वैद्य, सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ कन्सलटेन ,फिजिसिय डा। शेरबहादुर कमरलगायत चिकित्सक सहभागी थिए।
त्यस्तै, प्रतिष्ठानका कार्यक्रम व्यवस्थापक अनमोल महर्जन तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीका अध्यक्ष डा। कृष्णबहादुर बोहरालगायतको टोलीले विद्यार्थीको मुटु परीक्षण गरेको थियो।, गौरीगङ्गा नगरपालिका–१ मङ्गलपुरस्थित पशुपति माध्यमिक विद्यालयका ५ सय १२ विद्यार्थीको परीक्षण गर्दा चार जना र वडा नम्बर ८ लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका १ हजार २ सय ९० विद्यार्थीको परीक्षण गर्दा सात जनामा मुटुसम्बन्धी समस्या देखिएको डा। शाक्यले बताइन्।
तीन विद्यालयमा गरी २ हजार ८ सय ६५ विद्यार्थीको मुटु परीक्षण गरिएको हो। परीक्षणका क्रममा केही विद्यार्थीमा मुटुको भल्बसम्बन्धी समस्या तथा जन्मजात रूपमा मुटुमा प्वाल रहेको जस्ता समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।
वरिष्ठ कन्सल्टेन्ट मुटुरोग सर्जन डा। प्रेमराज वैद्यका अनुसार बालबालिकामा देखिने मुटुरोग जन्मजात हुनसक्छ भने कतिपय अवस्थामा पछि पनि विकास हुन सक्छ। त्यसैले समयमै स्वास्थ्य परीक्षण गरी समस्या पहिचान गर्न आवश्यक रहेको उनले बताए ।
विद्यालय तहदेखि नै बालबालिकाको मुटु परीक्षण र मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिइन्। हरेक जिल्लाका जनस्वास्थ्य कार्यालयमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्न सके बालबालिकामा रहेका मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न सकिने उनको भनाइ छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा। सत्यनारायण सुवालले वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने क्रममा कतिपय व्यक्तिमा मुटुसम्बन्धी समस्या पत्ता लाग्ने गरेको उल्लेख गर्दै नेपालमै मुटुरोगको उपचार तथा शल्यक्रिया सेवा विस्तार गर्न आफूहरू अभियानमा रहेको बताइन्। मुटुरोगसम्बन्धी उपचार र जनचेतना विस्तारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलगायतका संस्थाबाट काम भइरहेको उनले बताए ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ ९ काडियोलोजिस० डा। अञ्जेल वैद्य, सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ कन्सलटेन ,फिजिसिय डा। शेरबहादुर कमरलगायत चिकित्सक सहभागी थिए।
त्यस्तै, प्रतिष्ठानका कार्यक्रम व्यवस्थापक अनमोल महर्जन तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीका अध्यक्ष डा। कृष्णबहादुर बोहरालगायतको टोलीले विद्यार्थीको मुटु परीक्षण गरेको थियो।