काठमाडौँ, १६ कात्तिक । रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङकी समाचारवाचिका एवम् पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणको कारण निधन भएको छ।
प्रेस सेन्टर नेपाल लमजुङ जिल्ला समितिकी सचिवसमेत रहेकी चाँदनीको चितवनमा उपचारका क्रममा बुधबार (कात्तिक १६ गते) विहान निधन भएको प्रेस सेन्टरले जनाएको छ।
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले ‘अधिकारीको निधनले पत्रकारिता जगतले एक असल र कुशल पत्रकार गुमाएको’ बताएका छन्।शोक विज्ञप्तिमा उनले ‘लमजुङले एक योग्य र भरभराउँदो प्रतिभा गुमाएको’ भन्दै गहिरो दुःख प्रकट गरेका छन्।