धनगढी, ११ कार्तिक/डडेलधुरामा जीप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । नवदुर्गा गाउँपालिका ५ भकुडामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा तीनजना घाइते भएका हुन् ।
बिप्याकटोलबाट चामातर्फ जाँदै गरेको से १ ज २३४ नम्बरको जीप आज बिहान साढे ४ बजे ब्रेकफेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीप चालक नवदुर्गा ५ चामाका २५ वर्षीय चक्र बिष्ट, २२ वर्षीय दीपेन्द्र बिष्ट र १४ वर्षीय किशोर बिष्ट घाइते भएको र उपचारको लागी डडेलधुरा जिल्ला अस्पताल पठाएको अस्थायी प्रहरी पोष्ट ठाँटाबजारले जनाएको छ ।