धनगढी, १० कार्तिक/कैलालीको गौरिगंगा ६ दैद्वारीमा जंगली हात्तीको बथानले घर भत्काएको छ । हात्ती बथान बिहिबार साझ मुक्तकमैया शिबिरमा पसेको हो । उक्त बथानले भने स्थानीय बाधुराम चौधरीको घर भत्काएको छ भने अटवारी चौधरीको धानबाली नष्ट गरिदिएको छ । मानविय क्षति भने केही भएको छैन । अहिले हात्तिको बथान जंगल तिर छिरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
तस्बिरहरु : चिरन्जिबी छेडाल



