धनगढी, ६ कात्तिक । डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना हुदा सात जना घाइते भएका छन् । सवारका सात जना नै घाइते भएका हुन । केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको ट्रक दुर्घटना भएको हो।
प्रहरीका अनुसार कोहलपुरबाट जिन्सी सामान बाकेर डोटीको दिपायल जान लागेको ट्रक दुर्घटना भएको हो। डडेल्धुरा–दिपायल जोड्ने राजमार्गको झनढुङ्गामा बा १ ग २४५३ नम्बरको ट्रक ब्रेक फेल हुँदा सडक छेउमै पल्टिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।