काठमाडौं, ३ कात्तिक । पछिल्लो २४ घण्टामा देशभार ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार ५७१ वटा स्वाब नमुनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा देशभर ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७२७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।