पोखरा,३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा एपीएफले स्वर्ण पदक जितेको छ ।पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार विभागीय टिमबीच भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर एपीएफले स्वर्ण जितेको हो ।
तीनै सेटमा कडा प्रतिस्पर्धा भए पनि आर्मीले एक सेट पनि जित्न सकेन । एपीएफले २५–२१, २७–२५ र २६–२४ ले नतिजा आफ्नो पक्षमा पार्यो ।