धनगढी, ३ कात्तिक । डेंगु रोग बढेपछि लाम्खुट्टे बस्ने स्थानमा औषधी छर्ने काम शुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा कैलालीले मसुरिया साझाबजारमा बिहीवारदेखि डेंगु रोगबाट बच्न लाम्खुट्टे बस्ने स्थानमा लार्भा नष्ट गर्ने उद्देश्यले नालीमा औषधी छर्ने काम शुरु गरेको हो ।
बजार र गाउँमा डेंगु रोग बढेपछि लाम्खुट्टे नियन्त्रण गर्न गाउँमा औषीधी छर्ने अभियान शुरु गर्ने नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाकी उपसभापति बिन्दु बमले बताइन् । अभियानमा फाया नेपाल र स्थानीय समाजसेवीको सहभागी रहेको थियो ।