धनगढी, २ कार्तिक/बझाङमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । बुधबार बझाङ सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कदै गरेको सुप प्र ०१–००१ च ११७ नम्बरको जिप मष्टा गाउँपालिका वडा नं १ स्थित चिउरीको अम्लाचौकाको तुफानडाडामा दुर्घटनामा परेको थियो । जिप सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो ।
जिप दुर्घटना हुँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले पुष्टी गरेको छ । मृतक सातै जनाको सनाखत भएको छ । बझाङ मष्टा गाँउपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी र ११ वर्षीया बालक प्रचण्ड खड्का, ३८ बर्षीया बिरेन्द्र अधिकारी, ७ बर्षीया दक्षिता कठायत र शुक्लाफाटा ७ कञ्चनपुरका ४२ बषिया झरेन्द्र बोहरा को मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
७ जनाको शव भेटिएको छ, बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले भने, ‘घाइतेहरु सबैलाई लाई अस्पताल पठाइसकेका छौ ।’ घाइते हुनेमा मष्टा–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्किदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया निन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा– १ का ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षिया हेमन्ती सिंह रहेका छन् ।





