काठमाडौं, २ कात्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।
आज छापावाल सुन तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलाको ९३ हजार ४०० मा कारोबार भएको थियो ।बुधबार तेजाबी सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।