धनगढी, २३ असोज/कैलाली र कञ्चनपुरका धेरै स्थानमा आज भारी वर्षा मापन गरिएको छ । शनिबार राति १२ बजेसम्म ती स्थानमा थप वर्षा हुने पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत साना खोलाहरूमा एक्कासि बाढी आउन सक्छ ।
ती स्थानमा भोलि बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । “असोज २२, साँझ ५ बजे । पछिल्लो ३–६ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र राति १२ बजे सम्म थप वर्षा हुने, खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत उक्त जिल्लाको साना खोलाहरूमा एक्कासि बाढी आउन सक्छ । होचा डुबान हुने स्थानमा भोलि बिहानसम्म सतर्क रहौँ,” महाशाखाको सन्देशमा उल्लेख छ ।