• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आजको पत्रपत्रिका : काठमाडौंबाट हराएको मूर्ती अमेरिकी संग्रहालयमा

५ मङ्सिर, २०७६

आजको पत्रपत्रिकामा मन्त्रिपरिषद् हेरफेरको विषयले प्राथमिकता पाएको छ । त्यस्तै सत्तारुढ दल नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी जिम्मेवारी सँगै केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री बन्ने समाचार छ ।
कान्तिपुर दैनिकमा ओलीलाई सरकार, दाहाललाई दल शिर्षकमा प्रमुख समाचार लेखेको छ । एकीकरणको १८ महिनापछि नेकपाले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्पष्ट कार्यविभाजन गरेको छ । बुधबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले अध्यक्षद्धयको जिम्मेवारी बाँडफाँट गरेको हो । नयाँ निर्णयसँगै बाँकी अवधि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नेछन् भने दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा हुनेछन् ।

कान्तिपुर लेख्छ–सचिवालयको यो निर्णयले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने विगतको समझदारी प्रतिस्थापन गरेको छ । त्यस्तै कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण रहेको विषयलाई प्रमुख समाचार बनाएको छ । कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय–व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि अभिलेखालयलाई बुझाएको थियो । खोजीका क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको हो ।

नागरिक दैनिकमा हराएको मूर्ति अमेरिकी संग्रहालयमा शिर्षकमा प्रमुख समाचार लेखेको छ ।
सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ।

‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्। उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो। उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो। कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवान्को प्रतिनिधित्व गर्छ। मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुको श्रीमती) को प्रतिनिधित्व गर्छ।
१५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन्। उक्त मूर्ति नेपालबाट चोरी भएका अनेकौं कलाकृतिमध्येको एक हो। नेपालबाट चोरी भएका यस्ता कलाकृतिलाई पश्चिमी मुलुकका संग्रहालय तथा लिलामीकर्ताले बहुमूल्य संग्रहका रुपमा प्रस्तुत गर्ने गरेका छन्।

नेपाल सरकार तथा अन्य सरोकारवाला निकायले चोरिएका कलाकृति फिर्ता ल्याउन लामो समयदेखि अभियान चलाइरहेका छन्। तर यो अभियान सफल भने हुन सकिरहेको छैन। ‘दी इन्टरनेसनल इन्स्टिच्युट फर दी युनिफिकेसन अफ प्राइभेट’ ले चोरिएका तथा अवैधरुपमा निर्यात भएका सांस्कृतिक वस्तुलाई सम्बन्धित मुलुकमा फिर्र्ता गर्न भन्दै सम्मेलनसमेत आयोजना गरेको थियो।

संस्कृतिविद् जगमान गुरुङ चोरी भएका सम्पदा सम्बन्धित मुलुकमा नै फिर्ता हुनुपर्ने बताउँछन्। ‘हाम्रा चोरी भएका कयौं मूर्ति अहिले पनि आफ्नो वास्तविक ठाउँको पर्खाइमा छन्। सरकारले त्यस्ता मूर्तिहरु फिर्ता ल्याउन महत्वपूर्ण रणनीति बनाउन आवश्यक छ,’ गुरुङले भने। पुरातत्वविद् तथा संस्कृतिविद्हरु नेपालबाहिर रहेका मूर्तिहरु त्यहाँ मानवनिर्मित कलाका रुपमा हेरिने भए पनि नेपालमा भने त्यस्ता मूर्तिको भगवान्का रुपमा पूजा गरिने र त्यस्ता मूर्तिसँग मानिसको धार्मिक एवं भावनात्मक सम्बन्ध जोडिने बताउँछन्। चोरी भएका त्यस्ता मूर्तिको अभाव सम्बन्धित समुदायमा अहिले पनि महसुस हुने पुरातत्वविद् बताउँछन्।

नयाँ पत्रिका दैनिकले नख्खु कारागारभित्र चौकीदार र नाइकेको ठगीधन्दाबारे समाचार प्रकाशित गरेको छ । बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ । नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र नाइकेहरू टासी गुरुङ, भीम बस्नेत, शक्ति प्रजा, सोम तामाङ, आइते तामाङ र प्रकाश कार्कीले पछिल्लो पाँच महिनामा कारागारभित्र र बाहिर गरी ७४ लाखभन्दा धेरै ठगी गरेका हुन् ।

अन्नपूर्ण पोस्टमा सरकारले गैरकानुनी ढङगमा नेपाल बस्दै आएका तीन उत्तर कोरियाली नागरिकलाई निष्कासन गरेको समाचार प्रकाशित गरेको छ । पर्यटक भिसामा आएका तीनै जना कम्प्युटर इन्जिनियर हुन् । साउन ७ गतेस्म्म पर्यटक भिसामा रहेका उनीहरु त्यसपछि गैरकानुनी रुपमा बसेका थिए । उनीहरुलाई अध्यागमन विभागले गत साउन २८ निष्कासन गरेको थियो । नेपालमा अमेरिकीबाहेक अन्य मुलुकका नागरिक पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी बस्न पाउँदैनन् । उनीहरु ललितपुर सातदोबाटोमा उत्तर कोरियाली लगानीमा खोलिएको हिमाल चिल्बी नामक आइटी कम्पनीमा काम गर्दै आइरहेका थिए ।

 

बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.