धनगढी, १६ असोज/नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्र नम्बर ५का संयोजक निराजन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सदस्य डिल्लीराज पन्त रहेका थिए ।
हरेका बर्ष तरुण दल क्षेत्र नम्बर ५ले दशैमा तरुण युवाको जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गरेको संयोजक निराजन खड्काले बताए ।