काठमाडौँ, ११ असोज । नेपाली बजारमा सोमबारको तुलनामा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा झरेको छ।त्यस्तै तेजावी सुनको भाउ ९० हजार ९ सय रुपैयाँमा आइपुगेको छ।मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ।