काठमाडौं, ९ असोज । नेपाली बजारमा आज सुनको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत कारोबार दिनभन्दा तोलामा १ हजार रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रुपैयाँले घढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
