धनगढी, ७ असोज । कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका २ तेघरीस्थित गोदावरी नगरपालिकाको नव निर्मित भवन नजिकै ४५ वर्षीय पुरुष मृत फेला परेका हुन्।
शुक्रबार बिहान उनी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन।