धनगढी, ६ असोज/आज पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ।
आज प्रदेश १ सुदूरपश्चिम, बागमती, मधेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिक बदली भई केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको छ।