काठमाडौं, ५ असोज । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ ।
कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ देखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो । एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत (९९ रुपैयाँमा ४२०) एमबी (दैनिक १५० एमबी)डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गन सकिने तथा ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा ३४९ मा १४ हजार एमबी (दैनिक ५०० एमबी)डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट)कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
यसैगरी ४९९ रुपैयाँमा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जीबी (दैनिक १ जीबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २ हजार ८ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिन भित्रमा जम्मा ६०० वटा र ६० रुपैयाँमा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट प्रिपेड सेवाका ग्राहकहरुले लाभ लिन सक्ने कम्पनीको भनाई छ ।