धनगढी, ३ असोज/सुदूरपश्चिमको एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालका चिकित्सक नीजी अस्पतालमा डिउटी गर्ने पाईएको छ । सरकारी अस्पताल सेती प्रादेशक अस्पतालमा डिउटी समयमा पनि नीजी क्लिनिकमा कार्यरत भएको पाईएको हो ।
असोज ३ गते सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डमा बिहानी सिफ्टमा डा. सन्दीप शर्मा, डा. असिमा रिमाल, टेकराज आचार्य र सुमन पन्तको डिउटी रहेको थियो भने बिशषेज्ञ अर्थोको डा. मोहन नाथ रहेका थिए ।बिहानी समयमा भने डा. मोहन नाथ सञ्जीबनी अस्पताल र सिटी पोलिक्लिनिकमा डिउटी गरिरहेका थिए । ‘बिहान ईमरजेन्सी वार्डमा उपचार गराउन दुई घण्टा पर्खदा पनि डक्टर भेटिएनन्’ उपचार गराउन गएका एक सेवाग्राही भने–‘सोही समयमा नीजी अस्पतालमा डक्टर भेटिन्छन् ।’ सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डमा डा. मोहन नाथ कुर्दा समेत नपाएको सेवाग्राहीले बताएका छन् ।
अहिले डा. मोहन नाथ सम्पर्कमा नभएको ईमरजेन्सी वार्डकी डा. असिमा रिमालले बताईन् । ‘हामीले सम्पर्क गरेका छौ’ डा. रिमालले भनिन् –‘हामीले फोन सम्पर्क गरेर बोलाउने हो ।’ अहिले डा.नाथ बाहिर भएको डा. रिमालले बताईन् । सेवाग्राही डा. नाथ बस्ने नीजी अस्पतालमा भने रहेको बताईएको छ । सरकारीमा नभेटिने तर, डिउटी समयमै नीजी अस्पतालमा भेटिने रहेको एक सेवाग्राहीको गुनासो छ । सरकारी अस्पतालको बिहानी डिउटीमा रहेका डा. मोहन नाथ भएको बताउदै सञ्जीबनी अस्पताल र सिटी पोलिक्लिनिकमा पर्ची काट्न लगाएका थिए । निजी अस्पतालमा पर्चा काटेपछि नीजि क्लिनिकका कर्मचारीले डाक्टरलाई भेटाउने बताएको सेवाग्राही बताउछन् ।
सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डका इन्चार्ज डा. समिर खान भने डिउटीमा रहेका बिशषेज्ञ डक्टरलाई बोलाउदा आउनुपर्ने बताए । के रहेछ बुझेर मात्रै एकिन भन्न सकिने ईमरजेन्सी वार्डका इन्चार्ज डा खानले बताएका छन् । ईमरजेन्सी वार्डमा बिशेषज्ञको आवश्यक्ता परे डिउटीमा रहेका डाक्टरले सेवाग्राहीलाई सेवा दिनुपर्ने नियम रहेको ईन्चार्ज खानले बताए ।
उता डाक्टरको डिउटीमा नभेटिएको बिषयमा प्रतिकृया लिन खोज्दा सेती प्रादेशिक अस्पताल व्यबस्थान समितिका अध्यक्ष निर्मल शाह भने १० बजे भन्दा पहिले नीजी क्लिनिकमा सेवा दिन पाउने बताए । डाक्टरको ६ घण्टा डिउटी हो त्यो भन्दा अलावा जहा पनि काम गर्ने पाउने अध्यक्ष शाहले बताए । डिउटी समयमा नभए अस्पतालको नियम बमोजिममा कार्वाही गर्ने समेत उनको भनाई थियो । उता डा. नाथले भने आफ्नो डिउटी १० बजे पछि मात्रै भएको बताएका छन् । तर, क्लिनिकमा भने बिरामी आउदा डाक्टर भएको भनेर पर्ची काट्ने भएकोले मलाई नीजिमा भएको बुझाई भएको हुनसक्ने डा. नाथले बताए । आज सार्बजनिक बिदा भएकाले पनि आफु अस्पताल बिहानी सिफ्टमा नभएको स्वीकारेका छन् ।