धनगढी २ मंसीर/ धनगढी उप महानगरपालिका ४ उत्तरबेहडीमा संचालनमा आएको सुविधा सम्पन्न होटलको धनगढी उपमहानगपालिका मेयर नृप बहादुर वडले सोमबार उद्घाटन गरेका छन् ।
पर्यटन भ्रमण बर्ष २०२० लागी लक्षीतगरी आन्तरीक तथा बाह्य पर्यटकको लागी उपयुक्त हुने अवधारणासहित संचालनमा आएको द सुप्रीम होटलको को मेयर वडले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै वडले धनगढीलाई स्मार्ट शहरको रुपमा विकास गर्न र सुदूरपश्चिमको मुटू मानिने धनगढी सहरको विकासको लागी व्यसायीहरुको खाचो रहेको बताए । उनले सबै मिलेर अघि बढ्न सके धनगढीको विकास सम्भव रहेको भन्दै निजी क्षेत्रहरुको लगानि आवश्यक रहेको बताए ।
२० लाख रूपैयाँको लागनी रहेको होटल स्वदेशी तथा विदेशी पर्यटकको लागी अत्याधुनिक सुविधा सम्पन्न रहेको सञ्चालक झरेन्द्र सिहले बताए । उनका अनुसार होटलमा पहाडी स्थानिय परिकारको स्वाद संगै बार र फाष्ट फुड रेष्टुरेन्ट रहेको छ । होटलमा तालिम, भेला, अन्तरक्रिया लगायतका कार्यक्रम गर्नका लागि आवश्यकता अनुसार सिट क्षमताको हल रहेको छ ।
होटलका संचालक सिहंले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि होटलमा लगानी गरेको बताए । छ लाईन सडक संगै जोडीएको सहीद गेट नजिकै पर्ने धनगढीमा पर्यटकको बसाई आरामदायी बनाउन होटलले सहयोग गर्ने उनको भनाई छ ।

