धनगढी, कार्तिक ३०- धनगढीमा भईरहेको गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता फाईनल खेल आईतबार हुने भएको छ । दुई दिने प्रतियोगिता भएपनि प्राविधिक कारण प्रतियोगिताको फाईनल एक दिन सारिएको हो । फाईनल पुगेको हिलवल्र्ड स्कुल विरुद्ध वाहिरको खेलाडी राखेको भन्दै उजुरी परेपछि फाईनल खेल आईतबार हुन लागेको आयोजकले जनाएको छ । आईएचआईटी कलेजले हिलवल्र्ड विरुद्ध उजुरी हालेपछि त्यसको छानविनका लागि एक दिन प्रतियोगिता सारिएको हो ।
आईएचआईटी कलेज हिलवल्र्डसँग सेमिफाईनलमा ७–३ ले पराजित भएको थियो । हिलवल्र्डका खेलाडी प्रदिप मडै कैलाली वहुमुखी क्याम्पसमा पढिरहेको आईएचआईटी कलेजको दावी गरेको छ भने हिलवल्र्ड सो खेलाडी आफ्नो विद्यालयमा कक्षा ९ मा अध्ययन गरिरहेको दावी गरेको छ । त्यसका विषयमा आयोजकले आईतबार निर्णय दिने जनाएको छ । अव यी दुवै मध्येको एक टीमले उपाधिका लागि नेक्सस एजुकेशनसँग प्रतिस्पर्धा गर्नेछ । नेक्ससले सेमिफाईनलमा त्रिनगर माविलाई ४–२ ले हराएको हो । नेक्ससले यसअघि शनिवार नै भएको क्वाटरफाईनलमा लिटल फ्लावरलाई ७–३ ले हराएको थियो । यता त्रिनगरले क्वाटरफाईनलमा टेम्पल होटेल म्यानेजमेन्टलाई ६–३ ले हराएको थियो । यता फाईनलसम्म पुगेको हिलवल्र्डले क्वाटरफाईनलमा ऐश्वर्य विद्या निकेतनलाई ८–१ ले हराएको थियो । आईएचआईटी कलेजले क्वाटरफाईनलमा पञ्चोदयलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो । दुवै टीमले निर्धारित समयमा १–१ को वरावरी खेलेका थिए ।

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

????????????????????????????????????

गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा भईरहेको गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता भईरहेको छ । १३ वटा विद्यालयको सहभागीता रहेको प्रतियोगिताको विजेताले २२ हजार दुई सय २२ रुपैयाँ तथा उपविजेताले ११ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी पाउनेछ । तल्लो तहदेखि नै फुटसल खेलको विकास गर्न र खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीले होटेल म्यानेजमेन्टको अध्ययन तथा तालिम, वैदेशिक अध्ययनका लागि परामर्श दिने तथा क्षमता अर्भिवृद्धि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।