• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गन्तव्य एमर्जिङ कप फुटसल सुरु

धनगढीमा गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता सुरु भएको छ । गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीको आयोजनामा गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिता सुरु भएको हो । दुई दिनसम्म चल्ने गरी धनगढीको फल्याटल्याण्ड फुटसलमा अन्तर मावि स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन लिग चरणका ७ वटा खेलहरु सम्पन्न भएका छन् ।नकआउटका आधारमा भईरहेको प्रतियोगिताको उद्घाटन खेलमा पञ्चोदय माविले कैलाली मोडेल स्कुललाई ९–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

पञ्चोदयका लागि सुशिल बिकले दोहोरो ह्याट्रिक गरे भने रोशन बिकले दुई र हिमाल सिंहले एक गोल गरे । दोस्रो खेलमा आइएचआइटी कलेजले लाइफ लाइन कलेजलाई ३–१ ले किनारा लगायो । आइएचआइटीका लागि बासुदेव बोहराले दुई र उत्तम मगरले एक गोल गरे भने लाइफ लाइनका लागि विनोद थापाले एक गोल फर्काए । तेस्रो खेलमा ऐश्वर्य विद्या निकेतनले सहारा होटेल म्यानेजमेन्टलाई ५–० ले जित्यो । ऐश्वर्यका लागि जिरत शेख, विनोद बम, अपदेश खड्का, सुभम् श्रेष्ठ र विजय विक्रम भण्डारीले एक÷एक गोल गरे ।

चौथो खेलमा टेम्पल होटेल म्यानेजमेन्टले एक्सीस विद्याश्रमलाई ११–३ को फराकिलो अन्तरले किनारा लगायो । टेम्पलका लागि विनोद खत्रीले दोहोरो ह्याट्रिक गर्दा डबल मन्नी र रोहित चौधरीले दुई दुई तथा महेश कलेलले एक गोल गरे । एक्सीसका लागि आदेश चौधरीले दुई र सुनिल बोहराले एक गोल फर्काए ।

पहिलो दिन भएको पाँचौ खेलमा त्रिनगर माविले लिटल फ्लावरलाई ५–२ ले पराजित गरेको छ । त्रिनगरका लागि लक्ष्मण दमाईले ह्याट्रिक सहित चार र हरि पार्कीले एक गोल गरे । लिटल फ्लावरका लागि दिपेन्द्र जोशी र सलोन तामाङले एक एक गोल फर्काए । छैटौं खेलमा नेक्सस एजुकेशनले आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनलाई ७–० ले पराजित गरेको छ । नेक्ससका लागि सुरज रावल र योगेश रावलले ह्याट्रिक गरे भने कुवेर शाहीले एक गोल गरे । त्यस्तै सातौं खेलमा भने हिलवल्र्ड स्कुल विजयी भएको छ । प्रतिस्पर्धी वेष्ट लुजर भएको लाइफलाइन अनुपस्थित भएपछि हिलवल्र्ड वाई पाएर क्वार्टरफाइनल पुगेको छ ।

प्रतियोगिताको दोस्रो दिन शनिवार क्वाटरफाईनल सेमिफाइनल र फाइनल खेल हुने आयोजक गन्तव्य एजुकेशन फाउण्डेसनका खेल संयोजक मुकुन्दबहादुर सिंहले जानकारी दिए ।

शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.