धनगढी, २७ कार्तिक- सुदुरपश्चिममा एसएमएल इसुजु गाडीको बिक्री वितरण सुरु भएको छ । सुदुरपश्चिमका लागि आधिकारिक विक्रेता पाएको पिएस मोटर्सले बुधबारदेखि ईसुजु गाडीको बिक्री वितरण सुरु गरेको हो ।
सुदुरपश्चिममा आधिकारिता विक्रेताको रुपमा मान्यता पाएसँगै पिएस मोटर्सले वुधवार पहिलो गाडी विक्री गरेको छ । जय मालिका यातायातका अध्यक्ष प्रेमनाथ योगीले पहिलो ग्राहक पदम रावललाई चाँवी हस्तान्तरण विक्री वितरण सुरु भएको छ ।
जापानिज मोटर निर्माता कम्पनी ईसुजुका ट्रक तथा बस सुदुरपश्चिममा वढी रुचाईने विश्वासका साथ ईसुजु गाडीको बिक्री वितरण सुरु गरेको पिएस मोटर्सका सञ्चालक गोविन्दराज रेग्मीले जानकारी दिनुभयो । नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएल ईसुजुका विभिन्न मोडेलका बस, ट्रक, स्कुल बस, निजी बस, टिपर भित्र्याईएको आधिकारिक विक्रेता पिएस मोटर्सले जनाएको छ ।
रेग्मीले अनुसार एसएमएल इसुजुसँगको नयाँ सम्बन्धले उच्चस्तरीय बस, ट्रक लगायतका व्यावसायिक सवारी साधन सहज बिक्री वितरण गरी उपभोक्तालाई उपलब्ध गराउने बताउनुभयो । हाल नेपालमा ईसुजुका बस तथा ट्रक नेशनल मोटर्सले बिक्री गर्दै आएको छ । सुदुरपश्चिममा पिएस मोटर्सले सेल्स र सर्भिस दुवै सेवा दिईनेछ । यसअघि एसएमल ईसुजुले धनगढीमा दुई दिने निशुल्क सर्भिस क्याम्पसको पनि आयोजना गरेको थियो ।


