• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सहयोगीको भरमा छोटी भन्सार

महेन्द्रनगर २७ कार्तिक- कञ्चनपुरको बैलौरी नगरपालिकामा रहेको छोटी भन्सार कार्यालय दुई जना कार्यालय सहयोगीको भरमा चलेको छ। २०२० मा स्थापना भएको भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ। कार्यालयमा नायब सुब्बाको दरबन्दी भए पनि कैलाली भन्सार कार्यालयमा कार्यरत छन्।

कार्यालय सहयोगी तेजबहादुर मडैले नायब सुब्बा महिना÷महिना कार्यालयमा आइराख्ने बताए। ‘यहाँ आए पनि ८ र १० दिन मात्रै बस्छन।’ मडैले भने, ‘सुरक्षा व्यवस्था नहुँदा बस्नै मान्दैनन।’ कैलाली भन्सार कार्यालय मातहत रहेको छोटी भन्सार कार्यालयमा हरेक महिना कार्यालय सहयोगी पनि परिवर्तन हुने गरेको मडैले बताए। ‘हामी पनि १ गतेदेखि जान्छौ यहाँ आर्को आउँछन् हरेक महिना परिवर्तन भइराख्छ।’

दरबन्दीका कर्मचारी नबस्ने भएपछि राजस्व संकलनमा कमी आएको छ। भन्सार कार्यालयको बाटो हुँदै भारतबाट सामान आयात हुने भएपनि थोरैले मात्र राजस्व तिर्ने गरेका छन्। ‘राजस्व तिराउन पनि सजिलो छैन।’ उनले भने,‘आफै आएर काटे मात्र हो हामी रोकेर राजस्व तिराउँदैनौं।’

कार्यालयमा दुई जना सशस्त्र प्रहरीको कर्तव्य भए पनि राजस्व तिराउने हिम्मत गर्दैनन्। कार्यालयमा सुरक्षा व्यवस्था नहुदाँ समस्या भएको कार्यालय सहयोगी मडैले बताए। उनले राजस्व तिराए धम्की आउने गरेको बताए। ‘सशस्त्र प्रहरीको कर्तव्य दिनमा मात्रै हुन्छ राति हामी पनि डराउँछौं’, उनले भने। भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्रै बस्ने भएकाले अन्य समयमा तस्करी हुने गरेको छ।

खुला सिमानाका कारण चोर बाटोबाट बढी समान तस्करी हुने गरेको कार्यालय सहयोगीले बताए। गत आर्थिक वर्षमा २ लाख ५० हजार राजस्व संकलन गरेको कार्यालय सहयोगी मडैले बताए। चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५५ हजार राजस्व संकलन भएको छ। उनले यस नाकाबाट आयात मात्रै हुने गरेको बताए। सुरक्षा व्यवस्था र कर्मचारीको बासस्थानका लागि संरचना निर्माण भए राजस्व वृद्धि हुने उनको भनाइ छ।

अन्नपुर्ण पोष्टबाट

बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.