धनगढी:- धनगढीको लिटल फ्लावर स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण्ँको विजेता बनेको छ। संघीय प्रहरीको मैदानमा मङ्गलवार सम्पन्न भएको फाइनलमा हिमालयन ह्वाइट हाउस काठ्माण्डौंलाई ९ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि उचालेको हो ।
उसका लागि सुबोध ऐरले एक्लै नट आउट ६८ रन प्रहार गरे । कप्तान विपिन रावलले टिमलाई ४८ रनको योगदान दिए । उपाधिसँगै लिटल फ्लावरले नगद २ लाखसहित ट्रफी र प्रमाणपत्र हात पारको छ । हिमालयन भने एक लाखमा चित्त बुझाउन बाध्य भएको छ ।