धनगढी, ८ जेठ/बाजुरको त्रिबेणी तोली छतरा सडकको डवल कटिङ्गको शिलान्यास गरिएको छ । तोली छतारा सडकको डवल कटिङ्गको शिलान्यास त्रिबेणी नगरपालिकाका मेयर कर्णबहादुर थापाले गरेका छन् ।
७ किलोमिटर डवल कटिङ्ग हुदा १ नम्बर वडा देखी ४ नम्बर वडाको तोली, छतरा, पुर्भुताका जनताहरु यातायातको सहज पहुच हुने बताईएको छ ।
कार्यक्रममा त्रिबेणी नगरपालिकाकी उपमेयर कमला जैशी, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसिह अयडी, बाजुरा प्रदेश ‘ख’का सचिव दिलबहादुर थापा, काग्रेस त्रिबेणी नगर कार्यसमितिका सभापति सुरेन्द्रराज गिरी, उपसभापति खगेन्द्र साँउद, सचिव गणेश साँउद, मिलन बुडथापा, लगायतका नेताहरुको सहभागिता रहेको थियो ।