कैलाली, ५ जेठ । कैलालीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका ३ भैसीहाट बजार नजिक सडकमा म १ क ४२९ नम्बरको टिपरले से ४ प ६३१८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका बस्ने २३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।