चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन्। दाहालले ६२०७ मतसहित अग्रता कायम राखेकी हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीको ६११५ मत रहेको छ। यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ३०२२ मत रहेको छ।
ष्लखयतभअज
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७५५८ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०१० मत ल्याएर पछ्याइरहेकी छन्।
भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल रहेको छ।