पदम ओझा / कार्तिक ८, बाैनिया
कैलालीको बर्दगाेरिया गाउपालिका ४ मुडा बजारमा जारी बाल बाटिका क्रिकेट लिग २०७६ को उपाधिका लागी लिटिल फ्लावर र आयोजक बाल बाटिका प्रतिस्पर्धा गर्ने भएका छन ।
बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा आर एम ई टिकापुर लाई पराजित गर्दै लिटिल फ्लावर फाईनल पुग्न सफल भएको हो । यसै गरि शुक्रबार (आज) बिहान भएको खेलमा क्याम्बृज बलियालाई पराजित गर्दै आयोजक बिधालयले उपाधिका लागी लिटिल फ्लावर संगको भेट पक्का गरेको हो ।
शुक्रबार भएको प्रतियोगिता काे अन्तिम सेमिफाइनल खेलमा अायाेजक नव बाल बाटिका बिधा मन्दिर बाैनियाले क्याम्ब्रिज स्कुल वलिया लाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान गर्ने सुरक्षित भएको हाे । टस जितेर पहिले ब्याटिङ गरेको नव बाल बाटिका बिधा मन्दिर बाैनियाले निर्धारित २० अाेभर मध्ये १९.५ अाेभरमा अल अाउट हुदै ११४ रनमा समेटिएको थियो । उसका लागि पारस भुलले १४ बलमा ३ चाैका र १ छक्का काे मदतमा २२ रन बनाउदा हेमन्त बुढाले १५ बलमा १ चाैकाकाे मदतमा १५ रनको याेगदान गरेका थिय । बलिङतर्फ क्याम्ब्रिज स्कुल वलियाका राजन धमालाले ४ अाेभरमा २२ रन खर्चिदै ४ विकेट लिदा हिक्मत बिष्टले ४ अाेभरमा १ मेडन राख्दै ९ रन खर्चियर ३ विकेट लियका थिय ।
११५ रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको क्याम्ब्रिजले निर्धारित २० अाेभर मध्ये १३.१ अाेभरमा ५३ रनमा समेटिएको थियाे । ब्याटिङ तर्फ क्याम्ब्रिज का मिलन खड्काले ११ बलमा २ चाैकाकाे मदतमा १० रन बनाउदा राजन धमालाले २१ बलमा १ चाैकाकाे मदतमा १० रन बनाउदा अन्य ब्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । बलिङतर्फ बाल बाटिकाका अनाेज शाहाले २.१ अाेभरमा ४ रन खर्चिदै ४ विकेट लिदा लाल बहादुर बि.क र मानव बिष्टले समान २-२ विकेट लियका थिय । साे खेलमा २.१ अाेभरमा ४ रन खर्चियर ४ विकेट लिने नव बाल बाटिका बिधा मन्दिर बाैनियाका अनाेज शाहा म्यान अफ द म्याच घाेषित भए ।
फाइनल खेल सनिवार बिहान ९ बजे सुरु हुने अायाेजक बिधालय का संस्थापक तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ । असाेज २६ गते बाट सुरुमा भएको प्रतियोगिता कार्तिक ९ गते सम्पन्न हुनेछ । प्रतियोगिता काे बिजेता ले १ लाख १ हजार पुरस्कार पाउदा उप विजेताले ५१ हजार पुरस्कार प्राप्त गर्नेछ ।