काठमाडौँ,२७ बैशाख । सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार भने ९८ हजार रुपैयाँ कायम भएको हो।
त्यस्तै तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो।चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघले जनाएको छ।सोमबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएकोमा मंगलबार १ हजार २७५ रुपैयाँ कायम भएको हो।