काठमाडौं ,२४ वैशाख । जिम्बावे एविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ । त्रिवि मैदानमा टस जितेपछि नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
यो खेलमा सुनिल धमला लामो समयपछि टिमको पहिलो रोजाइमा परेका छन् भने विनोद भण्डारीले आजको खेलमा विकेटकिपिङ सम्हालिरहेका छन् ।यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबे ए सँग ३ विकेटले पराजित भएको थियो ।
तीन खेलको टी–२० शृङ्खलापछि यी दुई टोली एक दिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी–२० शृङ्खलामा दुवैले एक(एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने ९कप्तान०, आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला