धनगढी, १३ वैशाख । नेपाल पत्रकार महासंघ डोटी शाखाकी उपाध्यक्ष सुनिता रावल जोराले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा शिखर नगरपालिकाको उप प्रमुख पदमा उम्मेदवारी दिएकि छन् । नेपाल पत्रकार महासघंले स्थानीय निर्वाचनमा उम्मेद्बारी दिन चाहाने पत्रकारहरुलाइ महासघंको कार्यसमिति तथा साधारण सद्स्यबाट राजीनामा दिन भनि आहावान गरेको थियो ।
नेपाल पत्रकार महासंघको आह्वानलाई स्वीकार्दै डोटी जिल्ला उपाध्यक्ष पदवाट राजिनामा दिएकी छन् ।रावल एक दशक लामो रेडियो नेपाल दिपायल प्रशारण केन्द्रको अनुभव संगालेकी अनुभव, जिम्मेवारी र संघर्षले राजनैतिक यात्रा भने उनको पहिलो हो ।
