धनगढी,८ बैशाख । धनगढी उपमहागरपालिका वडा नम्बर ६ जालीमा एक जना आज बिहान मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद प्रकाश जोशीका अनुसार बर्ष ३२ का मनोज जोशी मृत फेला परेका हुन ।
जोशीका अनुसार घटना स्थलमा उनले नै प्रयोग गरेको मोटर साईकल भेटीएकोे छ । घटनाको बारेमा अनुसन्धान भईरहेको बताएका छन । मृतक धनगढीकै सन्तोषी टोलका हुन ।