काठमाडौँ, ७ वैशाख । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ६ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला १ लाख १ सय रुपैयाँमा आइपुगेको छ।त्यस्तै चाँदीको भाउ पनि बुधबार प्रतितोला ३५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३८५ रुपैयाँमा आइपुगेको छ।