धनगढी, २ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्षसहित १० जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले तत्कालीन उपाध्यक्ष तथा हालकी कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँ कार्यपालिका सदस्यविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा चलाएको हो।अख्तियारले आज (शुक्रबार) विशेष अदालतमा उक्त मुद्दा दायर गरेको जनाएको छ।साभार