काठमाडौं, २ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमले जिम्बावे–ए सँग घरेलु मैदानमा सिरिज खेल्ने भएको छ ।नेपाल क्रिकेटसंघ (क्यान) ले जिम्बावे– ए सँगको सिरिजको तालिका शुक्रबार सार्वजनिक गरेको हो । नेपाल र जिम्बावे–ए को सिरिज वैसाखमा हुनेछ ।
नेपालले जिम्बावे –ए सँग तीन ५० ओभरको र तीन टी–ट्वान्टी खेल खेल्ने छ ।सिरिज वैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।
५० ओभरको सिरिज वैशाख १७ देखि २१ सम्म चल्ने छ । यस्तै टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।