• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी–महेन्द्रनगरमा चर्को भाडा, यात्रु मर्कामा

धनगढी, १ वैशाख । झण्डै पाँच किलोमिटरको दूरीको सडक खण्डमा बसमा यात्रा गरिरहेका एक यात्रुसँग सहचालकले रु चालिस भाडा मागेपछि उनी गन्तव्यमा नपुग्दैबीच बाटोमै उत्रिए। पूर्वपश्चिम राजमार्गको महेन्द्रनगरदेखि अत्तरिया सडक खण्डमा मङ्गलवार चलेको ना ४ ख ६१७५ नम्बरको उक्त बसका सहचालकले गुलरिया बजारवाट झण्डै पाँच किलोमिटरको दूरीमा रहेको अत्तरिया चोकसम्म तोकिएको भन्दा बढी चालिस रुपैया भाडा मागेपछि आफू बीच बाटेमै झर्न वाध्य हुनुपरेको पीडित यात्रुले गुनासो गरे।

“पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै बस व्यवसायीले पछिल्ला दिनमा आफूखुशी भाडा लिइरहँदा पनि यात्रुलाई परेको मर्का बारे सोचिदिने कोही छैन,” बाटोमै अलपत्र अवस्थाम भेटिनुभएका यात्रु महेश खत्रीले भने, “गुलरियादेखि अत्तरिया चोकसम्म बसमा हालसम्म रु २० भाडा लाग्ने गरेकोमा सहजकर्ताले आफूसँग डबल भाडा मागेपछि भाडा दिन नसकी गन्तव्यमा पुग्न नपाउँदै झर्न वाध्य भए।” गुलरिया चोकमा रोकिएको सो बसका चालक र सहजकर्ताले धनगढी जाने भन्दै आफूलाई बसमा चढ्न दिएपनि यात्राका क्रममा बस अत्तरियासम्म मात्र जाने भनेर ठगिरहेको र भाडा पनि तोकिएभन्दा बढी मागिएको उनले बताए। गुलरिया चोकदेखि दुई किलोमिटर पूर्वतर्फ पर्ने गज्रौला चोकमा बसवाट झर्दा आफूवाट सहजकर्ताले खुद्रा पैंसा नभएको बहनामा भाडा वाफत् रु दश लिनुपर्नेमा रु बीस लिने प्रयास गरेको गुनासो पनि उनले गरे।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बहानामा खास गरी छोटो दूरीमा चल्ने बस लगाएतका सवारी साधनले पछिल्ला दिनमा मनोमानी ढङ्गले भाडा लिन थालेपछि समस्या झेल्नुपरेको यात्रुले बताएका छन्। छोटो दूरीमा चल्ने कतिपय सवारी साधनले भाडा लिइसकेपछि यात्रुलाई टिकट उपलब्ध नगराउँदा सम्बन्धित निकायमा उजुरीसमेत गर्न कठिनाई भइरहेको पीडित यात्रुको अनुभव छ। छोटो दूरीमा चल्ने बसका कतिपय यात्रुमा तोकिएको भाडा दिएर पनि टिकट माग्ने बानी नभएको र बसका सहजकर्तामा पनि यात्रुले मागेको टिकट नदिने प्रवृत्ति रहेको कारण पनि यात्रुले बेलाबखत सास्ती खेप्नु परेको बताइन्छ। “भाडा दिएपछि यात्रुले टिकट माग्दा सहजकर्ताले छैन भन्ने जवाफ दिन्छन्,” धनगढीमा भेटिएका बसका यात्री नेत्रराज जोशीले भने, “भाडा लिने सवालमा यातायात व्यवसायीको मनोमानी बढ्दा यात्रुमा परेको मर्काप्रति कोही जिम्मेवार देखिँदैन।”

महाकाली यातायात ब्यावसायी समितिका अध्यक्ष डम्मर पन्तले भने आफूखुशी भाडा लिएको बारे आफूलाई जानकारी नभएको दावी गर्दै सरकारले तोकेको भाडादरभन्दा बढी भाडा यात्रुवाट लिन नपाइने बताए। “तोकिएभन्दा बढी भाडा माग्ने माथि कारवाही गर्न नजिकको प्रहरी कार्यालय र यातायात कार्यालयमा उजुरी गरे सम्बन्धित माथि ठगि मुद्दा लगाउन सकिन्छ,” पन्तले भने, “कति भाडा दिनुपर्छ भन्ने बारेमा यात्रुलाई पनि जानकारी राख्न जरुरी हुन्छ।” पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले हालै सार्बजनिक सवारीका साधनको साविकको भाडा दरमा ११ प्रतिशतकाले वृद्धि गरेको उनले बताए।

बिहिबार, बैशाख ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.