काठमाडौँ, २९ चैत । मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ। तेजावी सुनको भाउ पनि १ लाख ४ सय रुपैयाँ पुगेको छ।मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।